News Category 2073/11/16

तोपामा नवयुग बचत तथा ऋण सहकारी संस्था संचालन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 
सप्तरीको तोपा गाविसमा आईतवारदेखी नवयुग बचत तथा ऋण सहकारी संस्था संचालनमा आएको छ । 
राष्ट्रिय सहकारी बैक राजविराज शाखाका संयोजक बिश्वनाथ मण्डलले उक्त सहकारी संस्थाको उद्घाटन गरेपछि उक्त संस्था संचालनमा आएको हो । उद्घाटन गर्दै संयोजक मण्डलले समाजको आर्थिक बिकासमा सहकारी संस्थाको अमुल्य योगदान रहेको चर्चा गर्नुभयो । 
सहकारीका अध्यक्ष रुपेशकुमार झाको अध्यक्षतामा समपन्न उद्घाटन कार्यक्रममा स्थानिय समाजसेवीहरु बिन्देश्वर मण्डल, जगदिश मण्डल, इन्जिनयर शैलेन्द्रकुमार झा, भगवतीप्रसाद दास र पत्रकार अवधेशकुमार झा लगायतका बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । 
संस्थाका सचिव राजकुमार दासद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष सतशिकुमार दासले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने स्थानिय युवाहरुले तिनवर्षदेखी आफैमा संकलन गरेको बचतलाई सहकारी संस्थाको माध्यमवाट सेवा बिस्तार गर्ने योजना अनुरुप संस्था स्थापना गरिएको अध्यक्ष झाले बताउनुभयो । 
संस्थाका अध्यक्ष झाले बचत संकलन, ऋण लगानी र समाजिक दायित्व अन्तरगत समाजसुधारका कार्यक्रममा समेत संस्थाले गर्ने जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट