News Category 2073/11/17

सप्तरीमा तीस दल दर्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 
स्थानीय निकायको निर्वाचन घोषणा भइसकेको वर्तमान परिस्थितिमा सप्तरी जिल्लामा हालसम्म ३० वटा राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
निर्वाचन आयोगमा दर्ता रहेका १११ दलमध्ये ८१ वटा दलले दल दर्ता नगराएको बताइएको छ । 
मधेस केन्द्रित दल तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), थरुहट तराई पार्टी, चुरे भावर पार्टीलगायतका थुप्रै पार्टीले निधारित मितिमा दल दर्ता नगराएको कारण दल दर्ता म्याद नथपिएकाले र स्थानीय निकायमा भाग लिन नपाउने अवस्था सिर्जना भएको सो कार्यालयले जनाएको छ । 
निर्वाचन आयोगले गत माघ १७ गतेसम्म दल दर्ता गर्न दिएको म्यादभित्र दल दर्ता गराएका दलले मात्र स्थानीय निकाय तहको निर्वाचनमा सहभागी हुन पाउने जानकारी दिँदै कार्यालयका निर्वाचन अधिकारी महेश ठाकुरले दललाई सूचना जारी गरी जानकारी दिएको बताउनुभयो । 
धेरै पार्टीको स्थानीय तहमा कार्यालय नरहेको बताउँदै उहाँले जिल्लामा कार्यालय सम्पर्कमा रहेका पार्टीलाई पत्रमार्फत र टेलिफोनमार्फत जानकारी गराएको उल्लेख गर्नुभयो । 
कार्यालयले दलको ठेगाना सम्पर्क नम्बर कार्य समिति विवरण, पार्टीको छापसहितको विवरण भरेर दल दर्ताको लागि सूचना जारी गराइएको जानकारी दिएको छ । रासस

प्रतिकृया दिनुहोस

ताजा अपडेट