News Category 2073/11/17

मोर्चाले सप्तरीमा एमालेको मेची– महाकाली अभियान बिथोल्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 
तेश्रो मधेस आन्दोलन यता मधेस र मधेसी विरोधी क्रियाकलापमा खुलेर नेकपा एमाले लागेको भन्दै उक्त दलका सार्वजनिक कार्यक्रमहरु सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिथोल्दै आएका छन् । 
सोही क्रममा एमालेको मेची–महाकाली अभियान अन्तर्गत आउँदो फागुन २३ गते सप्तरीमा हुने भनिएको कार्यक्रमसमेत मधेसी मोर्चाले बिथाल्ने तय गरेको छ । वर्तमान परिस्थिती र आन्दोलनको भावी नीति सम्बन्धमा सोमबार राजविराजमा सम्पन्न मोर्चाको अन्तरक्रियाबाट एमालेको मेची–महाकाली अभियान सप्तरीमा बिथोल्ने तय गरेको हो ।
‘तेश्रो मधेस आन्दोलनदेखि नै एमाले मधेस र मधेसीको विरोधमा खुलेर लागेको छ, एमालेकै कारण अहिले संविधान संशोधनमा ठूला दलहरुबीच एक मत हुन सकेको छैन’, अन्तरक्रियामा सहभागी रहेका राष्ट्रिय मधेस समाजवादी पार्टीका सप्तरी अध्यक्ष सतीशकुमार सिंहले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओली सहभागी रहेको कार्यक्रम मधेसी मोर्चाले बिथोल्नेछौं ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरी संयोजक दिनेश कुमार यादवको अध्यक्षतमा आयोजित अन्तरक्रियामा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, अनिल यादव, भिमराज यादव, शिक्षक संघका जिल्ला अध्यक्ष पर्शुराम यादव, अधिवक्ता रामकुमार यादव, प्यावसनका अध्यक्ष पंचदेव यादव, सांसद लक्ष्मी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट