News Category 2073/11/17

एमालेले सेल्फीमा रोक लगायो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, १६ फागुन । 
नेकपा एमालेले फागुन २१ देखि झापाको काँकडभिट्टाबाट शुरु गर्न लागेको दुई साता लामो मेची महाकाली अभियानमा जाने स्वयंसेवकहरुका लागि ९ बुँदे आचारसंहिता जारी गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयम् सेवकहरुलाई प्रशिक्षण दिनुभयो । साथै दुई साता पूर्णकालीन रुपमा सहभागी हुने स्वयंसेवकहरुलाई आचारसंहिता कडाईका साथ पालना गर्न पनि निर्देशन दिनुभयो ।
मेची महाकाली अभियान सचिवालयले तयार पारेको आचारसंहितामा स्वयंसेवकहरुले सेल्फी खिच्ने कुरामा कडाई गरिएको छ । आचार संहिताको ८ औं बुँदामा भनिएको छ, ‘स्वयंसेवकहरुले सेल्फी खिच्ने, घुमफिर गर्ने, साथीभाइ आफन्तसँगको भेटघाटमा अनावश्यक समय खर्च नहोस् भन्नेमा ध्यान दिने ।’
स्वयंसेवकलाई पार्टीको तर्फबाट रातो रंगको हाफ ज्याकेट र निलो टोपी र टिसर्टको व्यवस्था गरिएको छ । यो अभियानभर पार्टीका अध्यक्षसहित शीर्ष नेताहरु तराई मधेसमा जनताकै घरमा बस्ने एमालेले जनाएको छ ।
मधेसका जिल्लामा एमालेको शाख बढाउन अभियान केन्द्रित गरिने भएको छ । एमालेको यो अभियान मधेसका भित्री शहरमा केन्द्रित हुनेछ, जहाँ संविधान जारी भएदेखि एमालेले सार्वजनिक कार्यक्रम गरेको छैन । राजविराज, लाहान, महोत्तरी, गरुढा जस्ता शहरमा अभियान लिएर एमाले जान लागेको छ । मोर्चा कार्यकर्ताले भने एमालेलाई मधेस प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट