News Category 2073/11/18

बजार क्षेत्रबाट हुलाकी राजमार्ग लैजाने सरकारी निर्णय बिरुद्ध स्थानियको बिरोध

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 
राजविराज सहर भएरै हुलाकी राजमार्ग लैजाने सरकारी निर्णय बिरुद्ध राजविराजका स्थानियवासीहरुले बिरोध गर्दै आन्दोलित भएका छन् । 
हुलाकी सडक पीडित तथा नगर बचाऊ समिति राजविराज सप्तरीले मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा पत्रकार सम्मेलनको आयोजना गरि सो निर्णय बिरुद्ध बिरोध गर्दै आन्दोलित भएको जनाएको छ । 
समितिका संयोजक रामकृष्ण दासले हुलाकी सडक नगर भित्रबाट बिस्तार गरे नेपालको एक मात्र पहिलो ऐतिहासिक टाउन प्लानिङ राजविराज नगरपालिका भित्र रहेको मठमन्दिर, सरकारी कार्यालय तथा आवास, रंगशाला, पार्क, अतिथि गृह, अदालत, उद्योग तथा कलकारखाना, व्यापारिक प्रतिष्ठान, व्यापारिक तथा आवसिय भवन लगायत सम्पूर्ण संचरना ध्वस्त हुने हुँदा राजमार्गलाई कम क्षति हुने वैकल्पिक मार्गबाट राजमार्ग लैजान सुझाव समेत दिनुभयो ।
सो सडक विस्तार भएमा राजविराज शहर भित्रका हजारौ विगहा जमिन तथा हजारौं घरपरिवार समेतको उठीबास हुन सक्ने बताउँदै उहाँले सो सम्बन्धमा राजविराज नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराएपनि नगरपालिका त्यसतर्फ गम्भिर नभएको आरोप लगाउनुभयो । 
सोही सम्मेलनमा संयोजक दासले राजविराज शहरी क्षेत्रको उत्तर अथवा दक्षिण तर्फ कायम रहेको सडकहरु मध्येबाट नयाँ ढङ्गले सर्भे तथा सम्भाव्यता अध्ययन गराई हुलाकी राजमार्गबाटै नगरपालिकाको हकमा लगभग पचास प्रतिशत रिङ्ग समेतको अवधारणा साकार हुने गरी सोही ढङ्गबाट हुलाकी राजमार्ग निमार्ण कार्य अगाडी बढाउनुपर्ने माँग गर्दै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र समेत बुझाएको जानकारी दिनुभयो ।
यसअघि हुलाकी राजमार्ग जिल्लाको जमुनी मधेपुरा गाविसबाट सिधैं राजविराजस्थित जनआन्दोलन चौकबाट अस्पतालको पछाडीतर्फको बाटो हुँदै हनुमाननगरमा जोडिएको जानकारी दिँदै संयोजक दासले बि.स. २०६९ जेठ ९ गतेको मन्त्री स्तरिय निर्णयबाट बलानदेखी राजविराज नगर क्षेत्रको सिरहा रोड–अदालत रोड–कंचनपुर रोड भारदहसम्म ४४ किलोमिटरको सर्भे कार्य सम्पन्न गरि स्वीकृतीका लागि अन्तिम अवस्थामा रहेका जानकारी दिनुभयो । 
यसैबीच संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले मंगलबार राजविराज नगरपालिकालाई बोदार्थ गरि भौतिक योजना तथा निर्माण मन्त्रालयलाई पठाएको पत्रमा राजविराज नगरपालिकामा हुलाकी सडक नगरपालिका क्षेत्र भित्रबाट लैजादाँ प्लानिङ्ग शरह नै ध्वस्त हुन जाँदा उक्त सडक नगर क्षेत्रको उत्तर वा दक्षिण भागबाट निर्माण हुने गरि व्यवस्थापन गर्न अनुरोध गरेको छ । त्यस्तै पत्रमा राजविराज नगरपालिका भित्र एउटा रिङ्गरोड बनाई नगरपािलकासँग जोडिएका अन्य मार्गहरु समेत जोडी संचालन हुन व्यवस्थाको लागि आदेश गरि अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट