News Category 2073/11/18

राजविराजमा बम फेला, बमसँगै गोइतको पर्चा भेट्यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 
सप्तरी सदरमुकाम राजविराज वडा नं. ९ स्थित राजदेवी सडकमा मंगलबार बिहान एक सकेट बम फेला परेको छ । 
सो सडक छेउमा रहेको फोहरको थुप्रो नजिक उक्त सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बमका साथै एक दशकदेखी सशस्त्र द्वन्द्वमा रहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा समेत फेला परेको छ । 
स्थानियहरुले बिहान ७ बजे उक्त स्थानमा फोहर फ्याल्न जाँदा बमसँगै पर्चा देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम भएको हल्ला हुनासाथ त्यहाका स्थानियहरु त्रसित भएका थिए । बम फेला परेको स्थानको अगाडी पट्टी पिसजोन निजि विद्यालय रहेकोले त्यहा पढ्न गएका विद्यार्थीहरु समेत त्रसित भएका थिए । 
यता राजविराजस्थित श्रीकृष्ण दल गणका सेनाका बम डिस्पोजल टोली आएर सो क्षेत्रलाई धेराबन्दी गरेका थिए । उक्त स्थानबाट बम बोकेर सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गर्न फल भएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट