News Category 2073/11/18

पम्पबाटै हुन्छ पेट्रोलियम पदार्थको कालोबजारी, कालोबजारी गर्ने एक पसल संचालक पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 
विगत केही दिन यता सप्तरीसहित पूर्वा१चलमा पेट्रोलियम पदार्थको व्यापक मात्रामा कालोबजारी भईरहेको छ । 
पेट्रोल पम्पमा पेट्रोल छैन भन्ने तर बजारमा खुल्लेआम १ सय २ रुपैयाँ पर्ने पेट्रोलियम पदार्थ १ सय ५० देखि २ सयसम्म विक्रि वितरण हुने गरेको छ । 
पम्पकै संचालकहरुको मिलोमतोमा पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको पाईएको छ । मलेठ गाबिसस्थित गहिल पेट्रोल पम्पमा दिनभरी पेट्रोलको लागि लाइनमा बसेपनि बेलुकासम्म मोटरसाईकलमा पेट्रोल नपाएको तथा गेहनमा खुल्लेआम पम्पका संचालकहरुले १ सय देखि २ सयसम्म पेट्रोल दिईएको उपभोक्ताको गुनासो छ । 
ब्रहमपुर गाबिसका मोटरसाईकल चालक अर्जुन कुमार यादवले पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको आरोप लगाउनुभयो । पम्पमा मोटरसाईकल धनिलाई पेट्रोल छैन भन्ने तर रातारात पम्पबाट पेट्रोलियम पदार्थको कालोबजारी भईरहेको आरोप आम उपभोक्ताहरुको रहेको छ । 
पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारीकै कारण जिल्लाको सदरमुकाम राजविराजका साथै अन्य ग्रामिण भेगहरुमा खुल्लेआम १ सय २ रुपैयाँ पर्ने अहिले दोब्बर मुल्यमा अर्थात प्रतिलिटर पेट्रोल १ सय ५० देखि २ सय सम्म पाउने गरेको उपभोक्ताहरुको आरोप रहेको छ ।
यसैबिच सप्तरीको देउरी भरुवा गाविस ४ स्थित एक किराना पसल संचालकलाई प्रहरीले पेट्रोलियम पदार्थको कालोबजारी गरेको भन्दै पक्राउ गरेको छ । 
स्थानीय लक्ष्मी यादवले सञ्चालन गरेको किराना पसलमा बजारमा पेट्रोलीयम पदार्थको अभाव भएको परिस्थितीमा डिजेल तथा पेट्रोल समेत राखी तोकिएको वजार मुल्य भन्दा वढी मुल्य लिएको भन्दै पक्राउ गरेको जनाएको छ । 
प्रहरीले संचालकलाई प्रति लिटर १ सय ५० को दरले बेचविखन गरी कालो वजारी गर्दै गरेको अवस्थामा ४५ लिटर पेट्रोल र ४ लिटर डिजलसहित पक्राउ गरी कालो वजारी मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । 
यसअघि पनि प्रहरीले पेट्रोलियम पदार्थको कालोबजारी गरेको भन्दै एक पसल संचालकलाई पक्राउ गरि मुद्दा दायर गरिसकेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट