News Category 2073/11/21

एमालेद्वारा घटनाको भत्र्सना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
नेकपा एमाले सप्तरीले आफ्ना नेताहरुलाई मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले कालोमसो र लुटपाटको घटनाप्रति भत्र्सना गरेको छ । 
जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने शुक्रबार एक विज्ञप्ति जारि गर्दै जिल्ला कमिटी सचिव शम्भु यादव र उपसचिव प्रताप नारायण चौधरीलाई लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले शुक्रबार दुब्र्यबबहार गरेको प्रति भत्र्सना गर्दै आपत्ति जनाउनु भएको छ । 
मोर्चा कार्यकर्ताले चौधरीलाई राजनीति नगर्न र एमाले परित्याग गर्न  चेतावनी दिदै भौतिक आक्रमण गर्ने धम्कि समेत दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै विज्ञप्तिमा शुक्रबारै दिको १ बजे डेराबाट एमाले पार्टी कार्यालय तर्फ जादै गर्दा सचिव यादवलाई मोर्चा कार्यकर्ताले पछाडिबाट आक्रमण गरी यादवले बोकेको झोला त्यसमा रहेको पार्टी दस्तावेज र १४ हजार ३ सय नगद लुटेको दाबी गर्दै मोर्चा कार्यकर्ताले शुक्रबारै सचिव शम्भु यादवको नर्घो ८ स्थित घरमा गई पत्नि इन्दू यादव लाई धम्कि दिदै घरमा आगो लगाईदिने चेतावनी समेत दिएको जनाइएको छ ।
विज्ञप्तिमा कसैको आस्था माथी धावा बोल्ने, शान्तिपूर्ण गतिबिधिमाथी रोकलगाउन खोज्ने र भौतिक आक्रमण गर्ने धम्कि समेत दिने मोर्चा कार्यकर्ताको कायरतापूर्ण ब्यबहारले मुठभेड निम्त्याउने प्रयत्न गरिरहेको एमालेले महशुस गरेको जनाउँदै कसैको आस्थामाथि धावा बोल्ने कार्य र राजनैतिक दलको गतिबिधिलाई रोक लगाउन खोज्ने कार्यलाई कदापी लोकतान्त्रिक मान्न नसकिने जनाइएको छ । 
साथै विज्ञप्तिमा पार्टीले गर्ने शान्तिपूर्ण गतिबिधीलाई बाधा नगर्न आग्रह गर्दै पार्टी जस्तो सुकै निरंकुशताको बिरुद्ध लडदै आएको र शालिनतालाई कमजोरी नठान्न चेतावनी समेत दिइएको छ । 
विज्ञप्तिमा बाटो छेकेर कालोमोसो दल्ने, ज्यानमार्ने धम्कि दिने र दुब्यबहार गर्ने र नगद समेत लुटेर लाने कार्य आपराधिक कार्य भएको ठहर गर्दे यस्तो कार्य रोक्न र दोषिलाई कारवाही गर्न स्थानीय प्रशासनसँग जोडदार माँग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट