News Category 2073/11/21

जन्मेको पाँच वर्ष मूनीका बालबालिकाहरुलाई आजदेखी पोलियो खोप खुवाइदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले शुक्रबारदेखी दुई दिनसम्म राष्ट्रिय पोलियो खोप अभियान संचालन गर्दैछ । जनस्वास्थ्य कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।
आयोजित पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नागेन्द्र प्रसाद चौधरीले फागुन २२ र २३ गतेबाट सुरु हुन लागेको अभिायनमा जन्मेको पाँच वर्ष मूनीका १ लाख २१ हजार ७ सय ५८ बालबालिकालाई पोलियो खोप खुवाउने लक्ष्य रहेको जानकारी दिनुभयो । 
जिल्लाका १ सय १६ स्वास्थ्य संस्था तथा १ हजार ९१ खोप केन्द्र मार्फत पोलियो खोप खुवाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । जसमा १ हजार ७८ महिला स्वंमसेविका तथा २ हजार १ सय ८२ अन्य सहयोगिको अभियानका लागि खटाइएको बताइएको छ । 
वरिष्ठ अधिकृत चौधरीले राजविराज नगरपालिका उच्च जोखिममा रहेको भन्दै पोलिया खोप खुवाउन स्थानियहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । यसअघि गत वर्ष जिल्लामा पोलियोको शंकामा ११ वटा बालबालिकाहरु भेटिएको तर स्वास्थ्य प्रशिक्षण पश्चात् उनीहरुमा पोलियो नरेको पुष्टि गरिएको थियो ।  
यस्तै विश्व स्वास्थ्य संस्था (डब्लुएचओ) का सगरमाथा अंचल इन्चार्ज डा. श्रीराम साहले बि.स. २०५३ सालदेखी नेपालमा पोलियो बिरुद्धको अभियान संचालन भएपछि अहिले मुलुकबाट पोलियो उन्मूलन भइसकेको जानकारी दिनुभयो । उहाँले मुलुकको १५ जिल्लामा पोलियो बिरुद्धको अभियान लागु गरिएको बताउँदै पूर्वाञ्चलका सुनसरी, सप्तरी र सिरहा जिल्लामा पोलियो खोप संचालन भइरहेको बताउनुयो । 
यस्तै डा. साहले थप दुई नयाँ खोप पाठेघरमा लाग्ने क्यान्सर र झाडापखालाका लागि आइरहेको जानकारी दिनुभयो । 
उहाँले पाकिस्तान, अफगानिस्थान र नाइजेरियामा हालसम्म पनि पोलियोका बिरामीहरु भेटिरहेको जनाउँदै प्रत्येक वर्ष विश्वभरी ३ लाख ५० हजार पोलियोका नयाँ बिरामीहरु भेटिने गरेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट