News Category 2070/06/26

सद्भावनाका अंसारीले गरे आचार सहिताको उल्लंघन

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २५ असोज ।
सद्भावना पार्टीको तर्फबाट क्षेत्र नम्बर ३ का उम्मेदवार अनिस अन्सारीले निर्वाचन आचार संहिताको उल्लंघन गरेका छन् ।
राजविराजस्थित साझा प्रकाशनको मूख्य शाखा कार्यालय उद्घाटनको अवसरमा पूर्व नगर प्रमुखको हैसियतले बोल्न दिएपछि उम्मेदवार अन्सारीले चुनावमा आफ्नो पक्षमा तथा आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो । संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिन्हमा अत्यधिक भोट दिएर आफूलाई तथा आफ्नो पार्टीलाई विजयी गराउन उहाँले मञ्चबाटै आग्रह गर्नुभएको हो ।
राजविराज नगरपालिकाका पूर्व मेयरसमेत रहेका अनिस अन्सारी सद्भावना पार्टीको तर्फबाट ३ नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट