News Category 2073/11/24

सप्तरी अनिश्चितकालिन बन्द, दुई दिने मधेश बन्द, सरकारबाट मोर्चाको समर्थन फिर्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
एमाले मेचीमहाकाली अभियान अन्तरगत सोमबार सप्तरीमा चार जनाको ज्यानै जानेगरि भएको घटनाको मधेशी मोर्चाले निन्दा गरेको छ । 
सोमबार राती मोर्चाको काठमाडौंमा बसेको बैठकले दुई दिन मधेश बन्दको आह्वान गर्दै सरकारलाई दिएको आफ्नो समर्थन समेत फिर्ता लिएको छ । बैठकले शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले गोली चलाएर दमन गरेको ठहर गर्दै घटनाका दोषिमाथी कारवाहीको माग समेत गरेको छ । 
यसैगरि अत्यन्त दुःखदायी घटनापछि मधेशी मोर्चा सप्तरीले मंगलबारदेखि सप्तरीका सम्पुर्ण सरकारी कार्यालय, यातायात, बजार, उद्योगधन्दा, शैक्षिक संघ संस्थाहरु समेत बन्द गर्ने निर्णय गरेको छ । 
मोर्चाका प्रवक्ता अमरनाथ मण्डलले दिएको जानकारी अनुसार नेकपा एमालेको मेचीमहाकाली रथ यात्राको क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको बिरोधमा मोर्चाले मंगलबारदेखि अनिश्चतकालिन सप्तरी बन्दको घोषणा गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट