News Category 2073/11/25

शान्ति समितिको कार्यालयमा आगजनी, मानव अधिकार आयोगको गाडी तोडफोड, भारदहको प्रहरी र कदमाहाको ट्राफिक चेक पोष्टमा आगजनी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले मंगलबार राजविराजस्थित स्थानिय शान्ति समिति सप्तरीको कार्यालयमा आगजनी गरेका छन् ।  
राजविराज ६ मा रहेको भाडाको घरमा रहेको सो कार्यालयमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् । 
यस्तै मोर्चाका कार्यकर्ताहरुले मंगलबार भारदहस्थित प्रहरी बीटमा आगजनी गरेका छन् । यद्दपी सो प्रहरी बीट खाली रहेको थियो । यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत कदमाहाको ट्राफिक प्रहरी चेक पोष्टमा समेत आगजनी गरेका छ । 
यस्तै मोर्चाका कार्यकर्ताहरुले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकम कार्यालयमा ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट राजविराज नगरपालिका कार्यालयको झ्यालका सम्पूर्ण सिसाहरु फुटेका छन् ।
यसैगरि मोर्चाका कार्यकर्ताहरुले राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड गरेका छन् ।   
अक्रोसित मोर्चाका कार्यकर्ताहरुले सोमबार प्रहरीले गोली चलाउँदा राष्ट्रिय मानव अधिकार आयोगका टोली मुकदर्शक भएको हेरिरहेको भन्दै बा. ७ च. ७४७३ नम्बरको गाडी तोडिफोड गरेका हुन् । 
ढुङ्गा प्रहारबाट चालक अनियन्त्रित भएपछि गाडी खानेपानीको धाराको पर्खालमा ठोकिएको थियो । यता आयोगमा पाँच जना सदस्य यसअघि नै गाडीबाट ओर्लिसकेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट