News Category 2073/11/27

मृतकका परिवारलाई रोजगारी दिन मोर्चाको माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल तथा सुरक्षा निकायका प्रमुखहरुको बिहीबार सम्पन्न सर्वपक्षीय वैठकबाट विभिन्न पाँच बुँदे निर्णयहरु गरेको छ । 
सम्पन्न बैठकले सप्तरी घटनमा मृत्यु भएका परिवारका एक सदस्यलाई रोजगारीको अवसर मिलाउन तथा घटनामा प्रहरीको गोली लागि ज्यान गुमाएका मृतकलाई सहिद घोषणा र यथासीघ्र क्षतिपूर्ती उपलव्ध गराउने प्रक्रिया अघि वढाउन तथा घटनामा घाईते भएकाहरुको उपचार खर्चको व्यवस्थाको मिलाउन गृहमन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
यस्तै घाईतेहरुको विवरण, नेकपा एमालेको कार्यक्रम क्रममा जिल्लामा खटिएका कति, कुन कुन प्रहरीलाई कस्ता, कति हातहतियार तथा गोली दिईएको थियो तथा उतm कार्यक्रम स्थलमा कसले कुन अवस्थामा र किन गोली चलायो जसले अनपेक्षित रुपमा मानिसको ज्यान गयो सो सम्वन्धमा आवश्यक छानविन गर्ने निर्णय गरेको छ । 
यस्तै जिल्ला स्थित एमाले नेताहरुलाई दिईएको वर्तमान सुरक्षालाई हटाउने मोर्चाको मागलाई सुरक्षा समितिमा छलफल गर्ने निर्णय समेत गरेको छ ।        
यसअघि गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित नेकपा एमालेको मेची महाकाली अभियानको शान्तिपूर्वक विरोध प्रदर्शन गरिरहँदा प्रहरीको गोली प्रहारबाट चार जनाको मृत्यु भएको थियो । 
सो घटनामा प्रहरीको गोली प्रहारबाट मोर्चाका १५ भन्दा बढी नेता तथा कार्यकर्ता गम्भीर रुपले घाइते भएका छन् भने अन्य ५० भन्दा बढी घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट