News Category 2073/11/27

सप्तरीवासीले मानवअधिकारको अनुभूती पाएन्न ः आयोगकी प्रवक्ता अन्सारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले सप्तरीवासीले मानवअधिकारको अनुभूती नपाएको स्वीकार गर्नुभएको भएको छ । 
सप्तरी घटनाको तीन दिनपछि स्थलगत अनुगमनमा बिहीबार राजविराज आउनु भएकी आयोगकी प्रवक्ता अन्सारीले सो कुरा स्वीकार गर्दै सप्तरीमा सुरक्षाकर्मीले अनावश्यक भन्दा बढी बल प्रयोग गरेको आरोप लगाउनु भएको छ ।
उहाँले विगतमा आयोगले विभिन्न घटना सम्बन्धी सरकारलाई प्रतिवेदन बुझाए पनि सो कार्यान्वयन नगरेकोले अहिले सप्तरीमा दुर्घटना भएको दाबी गर्नुभयो । उहाँले जिल्लामा भएको घटना सम्बन्धी सुक्ष्म अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयोग सो घटनाप्रति गम्भिर भएको बताउनुभयो ।
आयोग कुनै राजनीतिक दल वा सरकारको पक्षपोषण नरहेको स्पष्ट गर्दै मानवअधिकार आयोग जहिले पनि निस्पक्षतामा ध्यान दिने गरेको जिकिर गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट