News Category 2073/11/27

मानवअधिकार आयोगको गाडी तोडफोड

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं प्रवक्ता अन्सारी सोमबार जिल्लाको मलेठ गाविसमा भएको घटना सम्बन्धी स्थलगत अनुगमन गर्ने क्रममा उहाँ चढेको गाडी तोडफोड गरिएको छ । 
सोमबार मलेठमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका सोही गाविसका सन्जन मेहताको परिवारलाई भेट्न गएकी थिईन् । सोही स्थानमा उहाँको गाडीमा आक्रोसित भएका मृतक सन्जनका भाईले गाडी तोडफोड गरेको बताइन् । 
उहाँले चढनु भएकी बा. ७ च ७४७९ नम्बरको गाडी तोडफोड गरिएको थियो । सो गाडीलाई आगजनीको प्रयास समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट