News Category 2073/11/27

एमालेद्वारा घटनाको न्यायिक छानबिनको माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरीले सप्तरीको मलेठ गाबिसको घटनाको घोर भत्सर्ना गर्दै घटनाको न्यायिक छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न दोषिलाई कारवाही गर्न सरकारसँग माँग गरेको छ । 
एमालेका जिल्ला सचिव शम्भु यादवद्वारा जारी विज्ञप्तीमा प्रहरी र प्रदर्शनकारीवीच भएको झडपमा प्रहरीको गोलीलागि मृत्यु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन र झडपमा घाईते भएकाहरुको उपचार गर्न सरकारसँग जोडदार माँग गरिएको छ । 
त्यस्तै जनसभाबाट फर्किर्दै गरेका पार्टीका स्थानीय नेता, कार्यकर्तालाई प्रदर्शनकारीले बाटो छेकी मोटरसाईकल जलाउने, अमानवीय ब्यबहार गर्ने तथा कुटपीट गरी घाइेत बनाउने कार्य गरेको हुदाँ घाईतको उपचार र क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने माग गरेको छ । 
विज्ञप्तिमा घटनालाई अतिरंजित गरी नेकपा एमालेबिरुद्ध भ्रम सृजना गनर्,े सामाजिक बहिस्कारको आह्वानको नाममा गैरराजनैतिक चरित्र प्रदर्शन गर्ने कार्यप्रति खेद ब्यक्त गर्र्दै त्यस्तो कार्य नगर्न आग्रह गर्दै नेकपा एमाले सप्तरीको कार्यालय र नेताहरुको निवासमा ढुंगामुढा तथा तोडफोड गर्ने कार्यप्रति खेद प्रकट गर्दै त्यस्तो कार्य नगर्न अनुरोध समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट