News Category 2073/11/28

सप्तरी घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, आज शवयात्रा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
मोर्चा र प्रहरीबीच सोमबार सप्तरीमा झडप हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
पछिल्लो पटक सप्तरीको जमुनी मधेपुरा १ निवासी ५० वर्षिय इन्द्रदेव यादवको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । 
यसअघि सो घटनामा सप्तरीको मलेठ २ निवासी २२ वर्षिय सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने मलेठ २ का ४५ वर्षिय बिरेन्द्र मेहता, मलेठ ४ का ६० वर्षिय पिताम्बर लाल मण्डल र सप्तरीको प्रसबनी गाविस ४ निवासी ३५ वर्षिय स्वास्थ्यकर्मी आनन्द साहको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।
नेकपा एमालेको मेचिमहाकाली अभियानका क्रममा फागुन २३ गते सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सभा भइरहेको समयमा मोर्चा र प्रहरीबीच झडप हुँदा प्रहरीले मलेठ गाविसमा गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । सो गोली प्रहारबाट गम्भिर घाइते भएका चार जनाको धरानमै उपचार भइरहेको छ । 
यसैबीच पाँचै जनाको शव शुक्रबारै राजविराज ल्याउने तयारी भइरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिदै शनिबार शवयात्रा गरिने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट