News Category 2073/11/28

अधिवक्ता पोखरेलमाथी गरिएको अभद्र व्यवहारप्रति बारद्वारा दुःख व्यक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
उच्च अदालत बार एशोसिएशन राजविराजले नेकपा एमालेको मेचीमहाकाली अभियान अन्तरगत जिल्लामा मधेशी जनतामाथी प्रहरीले गरेको बर्बरतापूर्ण गोली प्रहारबाट शहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 
बारका अध्यक्ष बिजय कुमार यादवले शुक्रबार एक विज्ञप्ति जारि गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 
साथै विज्ञप्तिमा बारका सदस्य अधिवक्ता सुजित कुमार पोखरेलमाथी मंगलबार केही व्यक्तिहरुले अभद्र व्यवहार तथा हातापात गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ । 
विज्ञप्तिमा मधेश आन्दोलनको पक्षमा सदैव उभिएका अधिवक्ता पोखरेलमाथी गरिएको त्यस्ता निन्दनिय कार्यप्रति दुःख व्यक्त गर्दै अब उप्रान्त त्यसप्रकारको घटना नदोहरिन सम्बन्धी पक्षमा आग्रह गरिएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट