News Category 2073/11/29

बन्द फिर्ता, बिरोधका कार्यक्रम जारी रहने, तडकभडकका साथ होली नमाउन आग्रह

दैनिक समाचारदाता

राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गरेको जिल्ला अनिश्चितकालिन बन्द शनिबारदेखि फिर्ता लिएको छ ।
मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा जारि विज्ञप्ति मार्फत सो बन्द फिर्ता लिएको जनाउँदै होली पर्व तड्कभड्कका साथ नमनाउन सम्पूर्ण तराई÷मधेशका जनतासँग अनुरोध समेत गरिएको छ । 
सप्तरीको मलेठ गाविसमा भएको गोलीकाण्ड बिरुद्व मधेशी मोर्चाले शुरु गरेको आन्दोलन भने जारी नै रहने विज्ञप्तिमा उल्लखे छ । घटनाको दोषीलाई कार्वाही र संविधान संशोधन गराउन मोर्चा तत्पर रहेको जानकारी गराइएको छ । 
विज्ञप्तीमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित नेकपा एमालेको मेची महाकाली अभियानको शान्तिपूर्वक विरोध प्रदर्शन गरिरहँदा प्रहरीले कायरतापूर्ण तरिकाले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको हत्या गरेको सर्वविदितै रहेको जनाउँदै बिना कारण निहत्था जनताको टाउको र छातीमै गोली प्रहार गर्दा समेत सरकारको गृहमन्त्रीले अवस्था काबुभन्दा बाहिर गएकाले गोली चलाउनुपरेको भनी संसदमा दिएको स्पष्टिकरणले मधेशी जनतालाई थप दुःखित बनाएको मोर्चाको ठहर छ । 
साथै विज्ञप्तीमा मोर्चाले गरेको आन्दोलनका क्रममा साथ र सहयोग दिने सम्पूर्णप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राखिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट