News Category 2073/11/29

सरकारबाट समर्थन फिर्ता, आन्दोलनको विकल्प छैन् ः उपेन्द्र, राजेन्द्र, अनिल

दैनिक समाचारदाता

राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध विभिन्न दलका केन्द्रिय अध्यक्षहरुले सरकारबाट समर्थन फिर्ता भइसकेको भन्दै अब आन्दोलन बाहेकको कुनै विकल्प नरहेको बताएका छन् । 
सप्तरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका पाँच जनाप्रति शनिबार राजविराजमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आउनु भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेशी बिरुद्ध भएको विभेदप्रति आन्दोलन नै अन्तिम विकल्प भएको बताउनुभयो । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनता कहिले मुक्तिको संघर्षबाट पछाडी नहट्ने दाबी गर्दै सरकारबाट समर्थन फिर्तामा औपचारिकता मात्र बाँकी रहेको प्रष्ट पार्नुभयो । 
त्यस्तै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहिदको सपना साकार पार्न संघर्ष नै अन्तिम विकल्प रहेको भन्दै सात दिनमा सरकारबाट समर्थन स्वतः फिर्ता हुने बताउँनुभयो । उहाँले सरकारलाई दिएको समय समाप्त हुना साथ शान्तिपूर्ण तथा कठोर आन्दोलन हुने चेतावनी समेत दिनुभयो । 
त्यसैगरि नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको बताउँदै सरकारलाई दिएको समयावधीपछि संघर्षलाई नै अगाडी बढाउने उद्घोष गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट