News Category 2073/12/02

बैशाख पहिलो साताबाट आमहड्ताल !

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई माँग पुरा गर्न दिएको सातदिने म्याद बुधबारदेखी समाप्त भएपछि सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भएको छ । 
मधेसी मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता भएपद्धि बुधबारै आन्दोलन घोषणाको तयारी गरेको छ । प्राप्त जानकारी अनुसार मोर्चाले चैत महिनाभर प्रचारात्मक र दबावमुलक कार्यक्रम गर्नेछ । 
माध्यमिक शिक्षा परीक्षा भएकाले चैत ३ देखि ११ गतेसम्म प्रचारात्मक कार्यक्रम प्रस्ताव गरिएको जनाउँदै त्यसपछि चैत मसान्तसम्म दिन विराएर तराई मधेसका जिल्लाहरुमा धर्ना, जुलुस, सभा लगायतका कार्यक्रम गरिने जनाइएको छ ।
जानकारी अनुसार वैशाख पहिलो साताबाट आमहड्तालसहितका कार्यक्रम गर्ने मोर्चा सचिवालयको प्रस्ताव तयार पारेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट