News Category 2073/12/03

फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ चैत ।
संघीय समाजवादी फोरम नेपालले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 
संसदीय दलका नेता अशोक कुमार राईले बुधबार सभामुखलाई बुझाएका पत्रमा भनिएको छ, “संघीय समाजवादी फोरम नेपालको संसदीय दलको मिति २०७३÷४÷१८ गतेको बैठकले सम्मानिय प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार भएको अवस्थामा पक्षमा उहाँको नेतृत्वमा बन्ने सरकारलाई मतदान गरि समर्थन गर्ने निर्णय गरेकोमा, आजका २०७३÷१२÷०२ गते बसेको संसदीय दलको बैठकले आजैको मितिबाट सरकारलाई दिएको सो समर्थन फिर्ता लिने निर्णय गरेको व्यहोरा जानकारी गराएको छु ।” 

प्रतिकृया दिनुहोस

ताजा अपडेट