News Category 2073/12/05

सप्तरीको ९ वटै गाउँपालिकाका लागि अधिकृत तोकियो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ चैत । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४ सय ८१ गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको छ । 
सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ ।
यता जिल्ला समन्वय समिति सप्तरीमा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ । 
सप्तरीका ९ गाउँपालिका मध्ये कृष्णासवरन गाउँपालिकाका लागि राजिव कुमार झा, छिन्नमस्ता गाउँपालिकाका लागि प्रमोद कुमार चौधरी, महदेवा गाउँपालिकाका लागि कल्पना अर्याल, सप्तकोशी गाउँपालिकाका लागि राजेन्द्र प्रसाद पोखरेल, तिरहुत गाउँपालिकाका लागि शोभा दाहाल कर्ण, तिलाठी कोइलाडी गाउँपालिकाका लागि राम सुन्दर थापा, बेल्हीचपेना गाउँपालिकाका लागि विकास रजक, रुपनी गाउँपालिकाका लागि रिनु थपलिया र विष्णुपुर गाउँपालिकाका लागि सरोज कुमार चौधरीलाई कार्यकारी अधिकृत तोकिएको छ । 
सप्तरीमा राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर योगिनिमाई गरि पाँच नगरपालिका कायम थियो भने नयाँ संरचना अनुसार सप्तकोशी नगरपालिकालाई गाउँपालिका बनाइएको छ ।  
यस्तै पाँच नयाँ नगरपालिकामा डाक्नेश्वरी, बोदेबर्साइन, खडक, सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिका थपिएको छ । 
यसअघि गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल भरिका स्थानीय तह पुनःसंरचनालाई जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट