News Category 2073/12/07

मोर्चाद्वारा सप्तरीको सबै ८ नगरपालिका र ९ गाउँपालिकामा तालाबन्दी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीका सम्पूर्ण स्थानीय निकायका कार्यालयहरुमा आइतबार तालाबन्दी गरेका छन् ।
मोर्चाका कार्यकर्ताहरू आइतबार कार्यालय समय सुरु हुनासाथ जिल्लाका ९ वटै गाँउपालिका र ८ वटा नगरपालिकामा तालाबन्दी गरेका हुन् । मोर्चाको तालाबन्दी पछि जिल्लामा निर्वाचन सम्बन्धी तयारी समेत प्रभावित भएको छ । यता तालाबन्दीले स्थानिय निकायबाट हुने जनताका कामकाज समेत प्रभावित भएको छ ।
जिल्लाको कञ्चनरुप, डाक्नेशवरी, बोदेवरसाईन, खडक, सुरुङगा र हनुमाननगर कंकालिनी नगरपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । 
यस्तै कृष्णसवरण, छिन्नमस्ता, महदेवा, सप्तकोसी, तिरहुत, तिलाठी कोईलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा समेत मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । 
यता तालाबन्दी गर्ने क्रममा मोर्चाका कार्यकर्ताले हनुमाननगर कंकालिनी नगरपालिकाको बोर्ड समेत कार्यकर्ताहरुले जलाएका छन् । यसअघि बिहीबार राजविराज, शम्भुनाथ, जिल्ला समन्वय समिति सप्तरीमा तालाबन्दी गरेको मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले बताउनुभयो । 
मोर्चाका संयोजक यादवले सरकारले संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचन गराउने तयारी थालेकोमा संविधान संशोधन बिना निर्वाचन कुनै पनि हालतमा हुन नदिने चेतावनी दिनुभएको छ ।
उहाँले उहाँले ९ बुँदे माग अघि सार्दै सरकारले बलजफ्ती रुपमा निर्वाचन गराउन खोजेकाले स्थानीय तह पुर्नसंरचना आयोगले सप्तरी जिल्लामा बनाएका सम्पूर्ण नयाँ संरचनाहरुमा तालाबन्दी गरेको बताउनुभयो । 
माँगहरुमा परिमार्जनसहित संविधान संशोधन, स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यबहारिक गरिएकाले यसलाई सच्चयाइनु पर्ने, स्थानीय तहलाई केन्द्र सरकार नभई प्रदेश सरकारको मातहत राखिनु पर्ने, स्थानीय तहको निर्वाचन अगाडि संघिय तथा प्रदेशको निर्वाचन गरिनु पर्ने, समान जनसंख्याको आधारमा देशभरी स्थानीय तहको निर्धारण गरिनु पर्ने, फागुन २३ गते सप्तरीको मलेठ घट्नामा प्रहरीद्वारा हत्या गरिएका पाँच जना निर्दाेषहरुलाई शहीद घोषणा गरिनु पर्ने, मलेठ घट्नाको निष्पक्ष न्यायायीक छानबिन आयोग गठन गरिनु पर्ने, शान्तिपूर्ण आन्दोलनमा राज्यले नश्लबादी चरित्र देखाउँदै गर्दै आएको बर्बर दमन बन्द गरिनु पर्ने र संघियतालाई समाप्त पार्ने षडयन्त्र नगर्न भनिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट