News Category 2073/12/07

स्वीजरल्याण्डका राजदुत योग फेडेनद्वारा सूचना केन्द्रको अनुगमन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
नेपालका लागि स्वीजरल्याण्डका राजदुत योग फेडेनले आइतबार राजविराजस्थित सुरक्षित अप्रवासन सूचना तथा परामर्श केन्द्र कार्यालयको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । 
हेल्भेटास नेपालको सहयोग, एससिडि, नेपालद्वारा संचालित सुरक्षित अप्रवासन सुचना तथा परामर्श केन्द्रको उहाँले औपचारिक रुपमा अनुगमन गर्नुभएको हो । 
सो सूचना तथा परामर्श केन्द्रमा राजदुत फेडेनले सामी हेल्भेटास नेपालका प्रतिनिधी, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सबल नेपालका प्रतिनिधिहरुसँग सामूहिक रुपमा भावी रणनीति योजनाका बारेमा छलफल समेत गर्नुभएको एससिडिसीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो । 
सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेल, प्रहरी प्रमुख अनुराग द्ववेदी लगायतसँग पनि जिल्लामा स्वीस सरकारबाट संचालित विभिन्न आयोजना तथा परियोजना सम्बन्धी जानकारी लिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट