News Category 2073/12/08

पानीसँगै खसेको असिना सडकमा दुई फिटसम्म जम्यो, गहुँ बालीनष्ट, आँप र लिचिमा असर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ चैत । 
सप्तरीमा सोमबार वर्षासँगै असिना समेत खसेको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना खसेको हो ।
जिल्लाको पूर्वपश्चिम राजमार्गमा अन्तरगत महुली बजारदेखी कंचनपुर र कंचनपुरदेखी फत्तेपुरसम्म असिना खसेको स्थानियहरुले बताएका छन् । 
सो असिना खसेपछि सडकमा दुई फिटसम्म जमेको छ । यता जिल्लाको सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा मात्र भएको छ । 
तीन दशकयता अत्यधिक असिना खसेपछि पूर्वी र उत्तरी क्षेत्रमा लगाइएको गहुँबाली समेत नष्ट भएको छ । चैत महिना गहुँ पाक्ने समय भएको बेला ठूलो मात्रामा खसेको असिनाले गहुँ बाली नष्ट भएको छ । 
यता खसेको असिनाका कारण भर्खरै आँप र लिचिको रुखमा पलाउँदै गरेको मंजरमा समेत असर परेको छ । यस्तै किसानहरुले लगाएको मुँगको दाल, बिभिन्न किसिमका तरकारीसहितका बालीहरु पनि असिनाले नष्ट भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट