News Category 2073/12/08

जुडो प्रशिक्षक चौधरीको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ चैत । 
जिल्ला खेलकुद विकास समिति अन्तर्गत जुडो खेलका प्रमुख प्रशिक्षक चन्द्र नारायण चौधरीको आईतबार दिउँसो निधन भएको छ ।
राजविराज नगरपालिका २ चनौरा पडरिया निवासी ५१ वर्षिय चौधरीको आइतबार दिउँसो उपचारका क्रममा बिराटनगरस्थित कोशी अंचल अस्पतालमा निधन भएको हो । उहाँ विगत ५ वर्षदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । 
यसैबिच स्व. प्रशिक्षक चौधरीको पार्थिक शरीरमा जुडो संघका केन्द्रिय अध्यक्ष दिपक हर्षब्रजाचार्यले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । 
बहु प्रतिभाशाली चौधरीको सोमबार हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको जुडो खेलका भोलेन्टियर प्रशिक्षक नवनित झाले जानकारी दिनुभयो ।
स्व. चौधरी जुडोका साथै एथलेटिक्स, भलिवल तथा बिरेन्द्र शिल्डमा अग्रहणिय भुमिका निर्वाह गर्दै आउनुभएको थियो । चौधरीको एक छोरा र दुई छोरी रहेका छन ।
यस्तै नेपाल खेलकुद विकास समितिका सदस्य सचिव र सप्तरी जुडो संघका अध्यक्ष आनन्द झाले शोक ब्यक्त गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट