News Category 2073/12/09

डुमरी शिवथान स्वास्थ्य चौकी ११ बजे खुलेर १ बजे नै बन्द हुन्छ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
सरकारले स्वास्थ्यमा बर्षेनी करोडौ रकम खर्चेपनि सप्तरीका स्वास्थ्य संस्थाहरुको अवस्था दिन प्रतिदिन दयनिय बन्दै गईरहेको छ । 
सप्तरी सदरमुकाम साविक राजविराज नगरपालिका १० डुमरी शिवथान हाल राजविराज नगरपालिका वडा न. १ मा रहेको स्वास्थ्य चौकी दिनहुँ बिहान ११ बजेपछि मात्र खुल्ने गरेको छ भने दिउँसो १ बजे नै बन्द हुने गरेको छ । 
उक्त स्वास्थ्य चौकी प्रत्येक दिन बिहान १० बजे खोलिनुपर्नेमा सम्बन्धित निकायकै लापरवाहीले सेवाग्राहीहरु सेवा पाउनबाट बञ्चित भएका छन् । स्थानीय राम अवतार यादवका अनुसार सो स्वास्थ्य चौकीमा सि.अहेब सहित ६ जना कर्मचारीहरुको दरबन्दी रहेपनि उक्त स्वास्थ्य चौकीमा ४ जना कर्मचारीहरु मात्र उपस्थित रहने गरेका छन् ।
त्यस्तै सो स्वास्थ्य चौकी दिनहुँ झाडापखाला, टाईफाईड, रुघाखोकी लगायतका बिरामीहरुको संख्यामा बृद्धि भएपनि बिरामीहरुलाई आवश्यक औषधि समेत उपलब्ध हुन सकिरहेको छैन् । त्यस्तै समान्य झाडापखालाका बिरामीहरु आउँदा पनि त्यहाँ चेकजाँच नभई राजविराज पठाउने गरेको उहाँको आरोप छ । 
यता सरकारी उदासिनताका कारणले जिल्लाका अधिकांश स्वास्थ्य चौकीहरुको यस्तै दयनिय अवस्था रहेको छ । स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि राज्य तथा जिल्ला जनस्वास्थय कार्यालयले नियमति रुपमा अनुगमन गर्नुपर्ने माँग स्थानीय सरोकारबालाहरुको रहेको छ ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र पनि कर्मचारीकै लापरवाहीका कारण अहिले बदनाम भइरहेको छ । जसकारण सप्तरीका स्वास्थ्य संस्थाहरु नाम मात्रको स्वास्थ्य चौकीमा सीमित भएको छ । सरकारको तलब भक्ता पचाउनका लागि तथा कार्यालयमा बसेर नै मासिक तलब खाने गरेको अवस्था रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट