News Category 2073/12/10

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । 
जिल्लाको बोदेबरसाइन १ मा मोरटसाइकल बयलगाडामा ठोक्ँिकदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी ५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन ।  
यता मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ ।  
यस्तै, जिल्लाको कुसाहा ९ मा एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा ९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ । 
पासवानलाई अचानक बान्ता र पखाला चलेपछि उपचारका लागि लहानस्थित नर्सिङ होममा भर्ना गरिएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट