News Category 2073/12/12

आइडियलद्वारा पाँचै मृतकका पत्नीलाई सम्मानसहित आर्थिक सहयोग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 
गत फागुन २३ गते जिल्लाको मलेठ गाविसमा प्रहरीको गोली लागी मृत्यु भएका पाँच जनाको परिवारलाई सम्मानसहित एक संस्थाले आर्थिक सहयोग प्रदान गरेको छ ।
राजविराजस्थित आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आसले पाँचै जनाका पत्नीलाई शुक्रबार दोसल्ला ओढाएर सम्मान गर्दै जनही रु १५ हजारका दरले आर्थिक सहयोग समेत प्रदान गरेको हो ।
प्रहरीको गोली लागेर ज्यान गुमाउने मलेठ २ का सञ्जन मेहता र बिरेन्द्र महतो, मलेठ ४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र जमुनी मधेपुरा गाविसका इन्द्रदेव यादवका पत्नीलाई सहयोग गरिएको हो । 
संस्थाका अध्यक्ष आसको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रापसपाका केन्द्रिय उपाध्यक्ष शेखर कुमार सिंह, प्रेस काउन्सिलका पूर्व सदस्य मुरली यादव, संस्थाका संचालक समिति सदस्य शैलेश चौधरी, नागरिक समाजका थानसिंह भन्साली, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, वरिष्ठ पत्रकार शिबहरी भट्टराईसहितको उपस्थिति थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट