News Category 2073/12/13

३ लाख ३९ हजार ६ सय ५ मतदाताको नाम दर्ता

दैनिक समाचारदाता

राजविराज÷जिल्ला निर्वाचन कार्यालय सप्तरीले ३ लाख ३९ हजार ६ सय ५ जना मतदाताहरुको नाम दर्ता भएको जनाएको छ । 
निर्वाचन कार्यालयका अधिकारी महेश कुमार ठाकुरले २०७३ फागुन ९ गतेसम्ममा उक्त संख्यामा  नेपाली नागरिकता भएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको बताउनु भयो । दर्ता भएका मतदाताहरु मध्ये फागुन ९ गतेसम्ममा १८ वर्ष पुगेकाहरु मात्र आउँदो निर्वाचनमा मतदाता हुन पाउने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।
दर्ता भएका मतदाता संख्या मध्ये १ लाख ७३ हजार ७ सय ४ महिला, १ लाख ७५ हजार ८ सय ७३ पुरुष र २५ जना तेश्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट