News Category 2073/12/13

सप्तरीका युवाद्वारा मलेशियामा आत्महत्या

दैनिक समाचारदाता

राजविराज÷चार दिनअघि सप्तरीका एक युवकले वैदेशिक रोजगारीका क्रममा मलेसियामा झुण्डिएर आत्महत्या गरेका छन् । 
करिब तीन वर्षअघि वैदेशिक रोजगारीकालागि मलेसिया पुगेका सप्तरीको कटैया गाविस १ का २५ वर्षिय अशोक माझीले गत बुधवारराती आत्महत्या गरेको परिवारजनले जानकारी दिएका हुन् । परिवारका एक्लो कमाउने छोरा माझीको शव बिहीवार बिहान मलेसियास्थित कोठामै साथीभाईले देखेपछि कटैयास्थित घर खबर गरेको पीडित परिवारका बिन्देश्वर माझीले जानकारी दिए ।
उनी मलेशियास्थित जेसिवाई नामक कम्पनीमा प्राविधिक पदमा कार्यरत थिए । यसैबीच मृतक यूवक माझीको शव नेपाल ल्याईदिन सरकारसमक्ष पीडित परिवारले आग्रह गरेको छ । एक वर्ष अघिमात्र उनका बुवाको मृत्यु भएको थियो भने त्यसअघि दाजुको पनि दुवै मृगौला फेल भएर मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट