News Category 2073/12/15

गठबन्धनका संयोजक राउतलाई पक्राउ गरेकोमा बिरोध

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
स्वतन्त्र मधेश गठबन्धन सप्तरीले गठबन्धनका संयोजक डा. सीके राउत र उहाँका नेता कार्यकर्तामाथी अनावश्यक मुद्दा लगाई पक्राउ गरेको कार्य मौलिक हक अधिकार, मानव अधिकार तथा लोकतान्त्रिक गणतन्त्र नेपाल समेतको प्रतिष्ठामाथी खेलवाड भएको जनाएको छ । 
सोमबार राजविराजमा गठबन्धनले पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी हिरासतमा रहेका संयोजक डा. राउत तथा उनका नेता कार्यकर्ताहरुलाई अनावश्यक शारीरिक, मानसिक यातना दिएको आरोप लगाइएको छ । 
पत्रकार सम्मेलनमा गठबन्धन सप्तरीका संयोजक राजनारायण यादवले नेपाल सरकार र प्रहरीबाट हुने गरिएको त्यस्ता अशोभनीय क्रियाकलापहरु तुरुन्त बन्द गरि लोकतान्त्रिक तरीकामै स्वतन्त्र मधेश गठबन्धनसँग प्रतिस्पर्धामा आउन निमन्त्रण गर्नुभयो । 
त्यस्तै गठबन्धनद्वारा गरिने शान्तिपूर्ण बिरोध कार्यक्रमहरुमा सुरक्षाको व्यवस्था मिलाइदिनु हुन स्वतन्त्र मधेश गठबन्धन सप्तरीले अनुरोध गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट