News Category 2073/12/15

दश वर्षको अवधीमा बैदेशिक रोजगारमा गएका १ सय २५ को मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
बैदेशिक रोजगारीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि जिल्लाका पत्रकारहरुस‘‘ग सोमबार एक दिने अन्तक्रिया सम्पन्न भएको छ । 
सामी÷हेल्भेटास नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित बिद्यालय तथा आमसंचार कार्यक्रममा सप्तरी जिल्लामा आर्थिक वर्ष २०६८÷६९ देखि २०७२÷७३ पाँच वर्षको अवधीमा कुल जनसंख्याको १३ प्रतिशतले राहदानी बनाएको जानकारी दिएको छ । 
यस्तै आर्थिक वर्ष २०६३÷६४ देखी २०७२÷७३ सम्ममा कुल जनसंख्या मध्ये १४.२० प्रतिशत बैदेशिक रोजगारीमा गएको जनाइएको छ भने सोही अवधीमा १ सय २५ जनाले ज्यान गुमाएको तथ्याङ प्रस्तुत गरिएको छ । 
सुचना केन्द्रका परियोजना संयोजक रामप्रमेश मण्डलले सप्तरीमा ८ सय ८७ वटा मुद्दा मध्ये ५ सय १० मुद्दालाई सुल्झाएको तथा स्थानिय स्तरमा क्षतिपूर्ति वापत २,०५,६४,१६४ रकम दिलाउन सफल भएको जानकारी दिनुभयो । 
उतm कार्यक्रममा सामी÷हेल्भेटास नेपालका कार्यक्रम संयोजक बिजय ठाकुर, जिल्ला परियोजना संयोजक देब नारायण चौधरी, सवल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साह तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट