News Category 2070/07/05

एक महिला र तीन पुरुष प्रतिबन्धित लागु औषधीसहित पक्राउ

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ४ कात्तिक । 
प्रहरीको गस्ति टोलीले सप्तरीको मल्हनिया गाविसबाट तीनजनालाई प्रतिबन्धित लागु औषध तथा सोही आरोपमा एकजना महिलालाई समेत पक्राउ गरेकोे छ ।  
मल्हनिया गाविस २ स्थित कुसहा–बेल्ही सडक खण्डमा प्रहरीले चेकजाच गर्दा स २ प ४४५४ नम्बरको मोटरसाइकलमा सवार भई कुसहातर्फ आउँदै गर्दा चेक जाचको क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गरि पक्राउ परेका सप्तरीको मधुपट्टी ९ निवासी १८ वर्षिय सुदिप चौधरी, सिरहाको लहान १ निवासी २१ वर्षिय चन्द्रनारायण चौधरी र लहान ६ निवासी १८ वर्षिय सोनु देवलाई सार्वजनिक गरेको हो । 
पक्राउ परेका सुदिप चौधरीको साथबाट ११ थान लुपीजेसीस, चन्द्रनारायण चौधरीको साथबाट फेनारगन १० थान र सोनु देवको साथबाट वायोपोज १० थान र बिएन ९०७०१८८ लेखिएको ११ थान प्रतिबन्धित लागु औषध पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायक उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । 
यसगरि बिशेष सुराकीको आधारमा राजविराज ५ निवासी ३५ वर्षिया उर्मिला यादवको साथबाट २ सय ६५ थान पेन्टाजोनिक लेक्टेट सहित नामक लागु औषध बरामद गरेको प्रहरी नायव उपरिक्षक चौधरीले जानकारी दिनुभयो । 
राजविराजबाट रुपनी तर्फ जाँदै गरेकी यादवलाई लागु औषधसहित पक्राउ गरि प्रहरीले नियन्त्रणमा राखि अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट