News Category 2073/12/16

हिन्दु युवा परिषद सप्तरीको प्रमुखमा जंग बहादुर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ चैत । 
विश्व हिन्दु परिषद नेपाल सप्तरीका महासचिव जंग बहादुर सिंहलाई हिन्दु युवा परिषद नेपाल सप्तरीको प्रमुखमा चयन गरिएको छ ।
विश्व हिनदु परिषद् नेपाल सप्तरीको आयोजनामा पूर्व क्षेत्र प्रशिक्षण वर्ग कार्यक्रमबाट सिंहलाई प्रमुखमा चयन गरिएको हो ।
विश्व हिन्दु परिषद नेपाल सप्तरीका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षतामा संगठनका केन्द्रिय सहमन्त्री तथा नेपाल प्रभारी स्नेहपाल सिंहको प्रमुख आतिथ्यमा मटिहानी मठका महन्थ जगरनाथ दास शास्त्रीको विशेष आयोजित कार्यक्रममा सिरहा महनौर मठका महन्थ लक्ष्मण दाससहित पुर्व क्षेत्र प्रशिक्षण कार्यक्रममा मेची, कोशी, सगरमाथा, जनकपुर अंचलका १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सनातन हिन्दु धर्म संस्कृती सम्बन्धी प्रशिक्षण दिइएको थियो । सो समापन समारोहमा राष्ट्रिय उपाध्यक्ष रामनरेश सिंह, राष्ट्रिय सदस्य मुरली मनोहर चौधरी, राम नारायण ठाकुर, एकल विद्यालय अभियानका सगरमाथा उपप्रमुख बिन्दुलाल साह लगायतकाहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट