News Category 2073/12/17

विद्यालय तोडफोड गरेको आरोपमा दाजुभाई पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ चैत । 
सप्तरीको जमुनी मधेपुरा ४ स्थित एक विद्यालयमा मादक पदार्थ सेवन गरी तोडफोड गरेको आरोपमा स्थानियहरुले दाजु भाईलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।
स्थानीय जनता निमावि विद्यालयमा मादक पदार्थ सेवन गरी मंगलबार राति तोडफोड गरेको आरोपमा स्थानिय जितेन्द्र यादव र धर्मेन्द्र यादवलाई स्थानीयबासीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन ।
मंगलबार राति करिब ९ बजे रक्सी खाएर दाजुभाईले विद्यालयमा जर्वजस्ती प्रवेश गरी घरेलु हतियारले कक्षा कोठाको भ्mयाल ढोका तोडफोड गर्नुका साथै पर्खाल समेत भत्काएका थिए । सो विद्यालयमा तोडफोड गरेको हल्ला सुनेपछि स्थानीयबासीहरुले ती दुवै दाजु भाईलाई नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाएको विद्यालयका प्रअ महेश कुमार यादवले जानकारी दिनुभयो ।
यता पक्राउ परेका दुवै दाजुभाईले यसअघि पनि लागुऔषध सेवन गरी गाउँका विभिन्न घरमा चोरी, डकैती लगायतका अपराधिक क्रियाकलापमा समेत संलग्न रहेको स्थानीयहरुले आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट