News Category 2073/12/17

लोप हुँदै गएको गिद्ध फेला प¥यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ चैत । 
मुलुकमै लोप हुँदै गईरहेको गिद्ध पछिल्लो पटक सप्तरीमा देखएिको छ । 
जिल्लाको बरही बिरपुर गाबिसस्थित कोशी पश्चिमी नहरको डिलमा लोप हुँदै गएको गिद्ध देखिएको हो । 
लोप हुँदै गएको गिद्ध पछिल्लो पटक धेरै लामो समयपछि हेर्न पाएको स्थानीय वौआलाल यादवले बताउनुभयो ।
यसअघि विगत केही महिना अगाडी जिल्लाको नर्घो गाबिसस्थित कोशी पश्चिमी नहरकै डिलमा लोप उन्मुख गिद्ध देखिएको थियो । 
यसअघि केही वर्ष अगाडी जिल्लाको विभिन्न स्थानमा लोपोन्मुख गिद्ध तथा अन्य जन्तुहरु सजिलै देख्न पाइए पनि अहिले त्यस्ता पशुपंक्षीहरु देख्न छोडिएको वयोबृद्ध देवराम यादवको भनाई छ । 
मुलुकबाटै लोप हुँदै गईरहेको यस्ता पशुपंक्षीहरुलाई राज्य तथा सम्बन्धित निकायले संरक्षण सम्वद्र्धन गर्नेपर्ने माँग स्थानीय बृद्धिजिवीहरुको रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट