News Category 2073/12/18

म्यादी प्रहरीका लागि ५ हजार २९ जनाको आवेदन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
सरकारले स्थानीय तहको निर्वाचनका लागि देशभरि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सूचना निकालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ५ हजार २९ जनाले आवेदन दिएका छन् ।
रोजगारी नपाएर बेरोजगार भई बसेका युवामात्र नभएर ४० वर्ष नाघिसेका पुरुषहरु पनि म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् । 
यता आवेदन दिने बिहीबार अन्तिम दिन सबै भन्दा बढी १ हजार ५ सय ५९ जना युवाहरुले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । 
म्यादी प्रहरी भर्नाको आवेदन दिने अन्तिम मिति चैत १७ गतेसम्म रहेको थियो । यसका लागि १८ वर्षदेखी ५४ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सप्तरीमा कति संख्यामा म्यादी प्रहरी खटाइने बारे कुनै जानकारी नआएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट