News Category 2073/12/19

मोर्चाको धर्नाका कारण मालपोत कार्यालयको कामकाज पूर्णरुपले प्रभावित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु शुक्रबार राजविराजस्थित जिल्ला मालपोत कार्यालय सप्तरीमा तीन घण्टा धर्ना बसेका छन् । 
पुरानै संचारना अनुसारको कामकाज र राजश्व, रजिष्ट्रशन तथा अन्य शुल्क लिनुपर्ने माग राख्दै बिहान १० बजेदेखी दिउँसो १ बजेसम्म उनीहरु धर्ना बसेका हुन् ।
मोर्चाको धर्नाका कारण शुक्रबार मालपोत कार्यालयमा कुनै कामकाज हुन नसकेको मोर्चाका कार्यवाहक संयोजक सशित कुमार सिंहले जानकारी दिनुभयो । 
कावा संयोजक सिंहले मोर्चाले नयाँ संरचना अनुसारको कामकाज गरिएको पाइएमा त्यस्ता प्रमुख र गाविस सचिवहरुलाई सम्बन्धित कार्यालयहरुमा हुने क्षतिको जिम्मेवारी स्वंम सम्वन्धित कार्यालयहरुको प्रमुख नै हुने भन्दै जिल्ला मालपोत कार्यालयले पुरानो संरचना अनुसारको राजश्व, रजिष्ट्रशन तथा अन्य शुल्क नलिए सोही कार्यालयमा तालाबन्दी समेत गर्ने चेतावनी दिनुभएको छ । 
मोर्चाको धर्नाका कारण शुक्रबार सेवाग्राहीहरु दैनिक आवश्यक कामकाज गर्नबाट बञ्चित भएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट