News Category 2070/07/05

जनज्योति सहकारीको साधारण सभा सम्पन्न

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज ४ कात्तिक ।
सप्तरीको मलेठ गाविस २ मा रहेको जनज्योति कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सोमबार सम्पन्न गरेको छ । 
सो अवसरमा बोल्दै उद्योग मन्त्री तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीमार्फत नै मुलुकमा आर्थिक विकास गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारीको विकास गरी मुलुकमा आर्थिक क्रान्ति गरिनुपर्ने बताउनुभयो ।
संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गरेकाहरुलाई सो कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
बस् जनज्योति कृषि सहकारी संस्थाका अध्यक्ष विश्वनाथ मण्डललको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शेयर सदस्यद्वय हरेकृष्णप्रसाद सिंह र ई. चन्देश्वर यादव, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, मनकामना बहुमुखी सहकारी संस्थाका प्रबन्धक कृपानन्द रोक्का, वरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादवलगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले संस्थाले एक करोड ६५ लाख रुपैयाँ ऋण प्रवाह गरेको बताए ।
हाल कूल १५ लाख ५० हजार चुक्ता पूँजी रहेको सो संस्थाले ५५ लाख ५५ हजार ७९० रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट