News Category 2073/12/20

राष्ट्रिय सहकारी दिवसको अवसरमा सरसफाई, युवाहरुले पनि सरसफाईलाई दिए निरन्तरता

दैनिक समाचारदाता

राजविराज÷६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार राजविराजको विभिन्न स्थानहरुमा सरसफाई गरिएको छ ।
“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मूल नाराका साथ जिल्लाका सहकारीहरुको समन्वयमा राजविराजस्थित जनआन्दोलन चौक, अस्पताल गल्ली, हनुमाननगर रोड लगायतका स्थानहरुमा सरसफाई गरिएको छ । 
यस्तै सोही अवसरमा शनिबारै राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामी फालफुल बितरण गरिएको छ । 
सो अवसरमा डिभिजन सहकारी कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदी, राष्ट्रिय सहकारी बैंक राजविराजका प्रमुख विप्लव कर्ण तथा जनज्योती कृषि सहकारी संस्था, ग्लोबल सहकारी संस्था, नेपाल सहकारी संस्था, शक्तिमान, ओम मिथिला, रुपनी कृषि सहकारी संस्था लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्यीय सहभागिता रहेको थियो । सहकारी दिवस शनिबार र आइतबार दुई दिनसम्म मनाइने जनाइएको छ । आइतबार सहकारी ¥याली, बालकल्याण गृह र बहिरा बिद्यालयमा फलफुल बितरण तथा दिउँसो अन्तरक्रिया कार्यक्रम गर्ने जनाइएको छ । 
यसैबीच सप्तरी युथका युवाहरुले ५० हप्ते सरसफाई अभियान अन्तरगत शनिबार ३१ हप्ता पनि सरसफाईलाई निरन्तरता दिएको छ । अत्यधिक फोहोर रहेको राजविराजको बिभिन्न गल्लीहरु सप्तरी युथ नेपालको अगुवाईमा सफाई गरिएको छ । 
युवाहरुले गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल अगाडिको भित्री सडकमा रहेको अत्यधिक फोहोर हटाएका छन् । जनआन्दोलन चोकदेखि कुनौली मोडसम्मको करिब तीन सय मिटर सडक युवाहरुले संचालनमा ल्याएका छन् । सप्तरी युथ नेपालले राजविराज हटियाको केहि गल्लीमा रहेको अत्यधिक फोहोर हटाएर संचालनमा ल्याएको छ । 
सरसफाई अभियानमा राजनीतिक दलका नेताका साथै सेना र प्रहरीले समेत सहभागिता जनाउँदै आएका छन् । ३१ औं हप्ताको सरसफाईमा सद्भावना महासचिव मनिष सुमनले पनि सहभागिता जनाउनुभयो । उहाँले युवाहरुले थालेको सरसफाई अभियान अति नै सह्रानीय रहेको भन्दै यसमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । 
सरसफाईपछि आयोजना गरिएको कार्यक्रममा चिकित्सक डा. टेकनारायण मण्डल, ग्लोबल सहकारी संस्थाका संस्थापक अध्यक्ष सुखराम यादव, जनज्योति सहकारी संस्थाका अध्यक्ष विश्वनाथ मण्डल, आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश आहससहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट