News Category 2073/12/20

क्षेत्र नं. ६ को आन्दोलन परिचालन समिति गठन

दैनिक समाचारदाता

राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सप्तरी क्षेत्र न. ६ मा शनिबार सम्पन्न एक भेलाबाट ५१ सदस्यीय आन्दोलन परिचालन समितिको क्षेत्रिय समिति गठन गरिएको छ ।
सप्तरीको बोदेबसाईनमा सम्पन्न मोर्चाको बैठकले सर्वसम्ममत सो समिति गठन गरिएको हो । संघिय समाजवादी फोरम नेपालका अरुण कुमार यादवको संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन समिति सर्वसम्मतबाट गठन गरिएको मोर्चाले जनाएको छ ।
मोर्चाका कार्यबाहक संयोजक सतिश कुमार सिंहको अध्यक्षता तथा सदभावना पार्टीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा सद्भावनाका केन्द्रिय सल्लाहकार शशि कुमार यादव, जिल्ला सदस्य राजेन्द्र प्रसाद राय सहितकाहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट