News Category 2073/12/20

सांसद रामद्वारा ५६ विद्यार्थीलाई साइकल बितरण

दैनिक समाचारदाता

राजविराज÷संसदीय विकाश कोषको सहयोगमा सांसद रमणी रामद्वारा शनिबार एक कार्यक्रमबिच ५६ जना बालबालिकाहरुलाई साईकल हस्तान्तरण गर्नुभएको छ । 
सन्त गुरु रबि दास फाउण्डेशन नेपालको आयोजनामा सांसद रमणी रामको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तगर्त दलित, गरीब, जेहेन्दार ५६ जना छात्रछात्राहरुलाई साईकल हस्तानान्तरण गरिएको हो ।
उच्च मावि डिमनको विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सांसद रमणी रामले जिल्लाका विभिन्न विद्यालयका ५६ जना छात्रछात्राहरुलाई साईकल हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई शैक्षिक विकासका लागि साईकल हस्तान्तरण गरिएको बताउनुभयो । 
उहाँले दलित, गरीबका बालबालिकाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेको भन्दै शिक्षालाई अझै अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
फाउण्डेशनका अध्यक्ष कपलेश्वर रामको अध्यक्षतामा आयोजित सो समारोहमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रिय अध्यक्ष बिनोद कुमार यादव, युवा पत्रकार शुभ नारायण यादव, युवा नेता हुलसित यादव लगायतका बक्ताहरुले फाउण्डेशनको साईकल वितरण कार्यक्रमले दलित, गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई पठन पाठनको लागि सहयोग पुग्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट