News Category 2073/12/21

दिनाभद्री मेलाको उद्घाटन बिहार पूर्वमुख्य मन्त्री माझिले गर्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० चैत । 
दिनाराम दिनाभद्री मेला समिति जोगिया जाँजर सप्तरीले तीन दिने ऐतिहासिक प्रथम राष्ट्रिय स्तरको मेला आयोजना गर्दैछ । 
सो समितीले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि चैत २५ देखी २७ गतेसम्म जिल्लाको नेंगडा गाविसमा उक्त मेला सप्तरीमा आयोजना गर्न लागेको नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला अध्यक्ष बद्री सदाले जानकारी दिनुभयो । 
आयोजित पत्रकार सम्मेलनमा उक्त मेलाको प्रमुख अतिथिको रुपमा भारतको बिहार राज्यका पूर्व मुख्य मन्त्री जितनराम माझि रहने नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले जानकारी दिनुभयो ।
त्यस्तै मेलामा विशिष्ठ अतिथि भारतका विद्यायक रत्नेश्वर माझि, बैदेशिक राजदुतहरु, राजनीतिक दलका नेताहरु, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्षहरु लगायतको उपस्थिति रहने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट