News Category 2073/12/22

एक सय ४३ तेश्रो लिङ्गी मतदाता सप्तरीमा सबैभन्दा धेरै २१

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशभरबाट १ सय ४३ तेस्रो लिङ्गी मतदाताले मतदान गर्न पाउने जनाएको छ । 
जसमध्ये सप्तरीमा सबैभन्दा धेरै २१ जना तेस्रो लिङ्गी मतदाता रहेको जनाएको छ । त्यस्तै पर्सामा १५, काठमाडौंमा ११, बारामा १०, नवलपरासीमा ८, कैलालीमा ७ तथा धनुषामा ६ जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 
सर्लाही, भक्तपुर, बर्दिया, रूपन्देही, कास्कीमा ५÷५ जना तथा झापा र नुवाकोटमा ३ तेस्रो लिङ्गी मतदाता छन् । कपिलवस्तु, इलाम, बाजुरा, अछाम, दाङ २÷२ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । 
चितवन, गोरखा, ओखलढुंगा र सिराहा, महोत्तरी, धादिङ, ललितपुर, प्युठान, रूकुम, म्याग्दी, काभ्रेपलाञ्चोक, बझाङ, कञ्चनपुर, बाँके, जाजरकोट, पाल्पा, गुल्मी, स्याङ्जा, बैतडी १÷१ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।  
यसैगरि निर्वाचन आयोगले मुलुकभरि १ करोड ४० लाख मतदाता रहेको जनाएको छ । यस्तै नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङ रहेको छ । मोरङमा ५ लाख ६३ हजार आठ सय ७० मतदाता छन् । 
कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौँ अब दोस्रो स्थानमा छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट