News Category 2073/12/22

डा. राउतको रिहाईको माँग गर्दै धर्ना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ चैत । 
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको रिहाइको माग गर्दै सोमवार राजविराजमा गठबन्धन समर्थकहरुले धर्ना दिएका छन् । 
गठबन्धनका समर्थकहरुले जिल्ला प्रशासन कार्यालय छेउमा रहेको शिव मन्दिर प्राङ्गणमा एक घण्टा धर्ना बसेका हुन् । 
डा. राउतलाई गैरकानूनी रुपमा पक्राउ गरी हिरासतमा राखेको बिरोधमा उहाँको अविलम्व रिहाईको माग गर्दै समर्थकहरुले धर्ना बसेका हुन् । 
गठबन्धनका सप्तरी संयोजक सुरेन्द्र मधेशीको नेतृत्वमा भींड व्यवस्थापन समितिका संयोजक पूर्व सभासद् महेश कुमार यादव, विद्यार्थी संयोजक सञ्जय कुमार यादव, प्रचार–प्रसार विभाग प्रमुख चन्देश्वर मण्डल, राजनारायण यादव, सञ्चार विभागका रोशन झा, आर्थिक विभाग सह–संयोजक रमेश सीके लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट