News Category 2073/12/23

दुई व्यवसायीको घरमा बम फेला गोइत समूहले लियो जिम्मा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।  
सप्तरी सदरमुकाम राजविराजस्थित दुई व्यवसायीको घरमा मंगलबार बिहान सकेट बम फेला परेको छ । 
राजविराज ४ निवासी ब्याट्रि व्यवसायी बिनोद चौधरी राजविराज ५ निवासी इट्टा व्यवसायी रबिन्द्र यादवको घरमा सकेट बम फेला परेको हो । सो दुबै बम राखेको जिम्मा जनतान्त्रिक तराई मुक्त मोर्चा (कान्त्रिकारी) का अध्यक्ष जयकृष्ण गोइतले लिनुभएको छ ।
चौधरीको घरको मूल गेट अगाडी प्लाष्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको हो भने यादवको घर बाहिर बालबालिकाहरुले खेलाउँदै गरेको अवस्था बम फेला परेको जनाइएको छ । 
यता प्रहरीले फेला परेको बम स्थल वरिपरि घेराहाली आवत जावतमा रोक लगाएको छ भने राजविराजस्थित श्री कृष्ण दल गणबाट बम डिस्पोजल टोलीले बम निस्कृय पारेको छ । 
यसैबिच बम फेला परेको स्थान विगत एक दशकदेखी तराईमा सशस्त्र द्वन्द्वरत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (कान्त्रिकारी)को पर्चा समेत फेला परेको छ ।
यसअघि मोर्चाले एक महिना अघि राजविराजस्थित दुई नीजि बिद्यालय र एक व्यापारीको घरमा बम राखेको थियो भने तीन महिना अगाडी सोही समूहले जिल्ला प्रशासन कार्यालय सप्तरी भित्रै बम राखेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट