News Category 2073/12/23

प्रसवनी आयूर्वेद औषद्यालयका लागि स्थानियबाट निःशुल्क जग्गा प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।  
सप्तरीको प्रसवनी गाविसस्थित आयूर्वेद औषद्यालयका लागि एक स्थानियले निःशुल्क जग्गा प्रदान गरेको छ । 
प्रसवनी गाविस ८ का बद्री नारायण यादवले ५ लाख मुल्य पर्ने ११ धुर जग्गा आयूर्वेद औषद्यालयका लागि निःशुल्क प्रदान गरेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र राजविराजका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो । 
सो जग्गा प्रसवनी आयूर्वेद औषद्यालय प्रसवनी ८ (वनौली) को नाममा नामसारी समेत भइसकेको प्रमुख डा. यादवले बताउनुभयो । 
सप्तरीमा हाल ७ वटा आयुर्वेद औषद्यालय र एक जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र रहेको छ । जसमा प्रसवनीसहित ३ वटा औषद्यालयको आफ्नै जग्गा रहेको छ भने एउटा औषद्यालय आफ्नै जग्गासहित भवनमा संचालन भइरहेको छ । 
जिल्लाको धर्मपुरमा रहेको आयूर्वेद औषद्यालयको आफ्नै जग्गा रहेको छ भने अहिले सो जग्गामा भवन निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै मैनाश्रहसवाहुमा आफ्नौ जग्गाको भवनमै औषद्यालय संचालनमा रहेको छ । यसैगरि बथनाहा, हनुमाननगर, बरही विरपुर र बनौनियामा आयूर्वेद औषद्यालय भाडाको घरमा संचालन भइरहेको छ भने जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र राजविराज पनि भाडाकै घरमा संचालनमा छ । 
यता जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रका लागि पनि सदरमुकाम राजविराजमै विगत केही वर्षदेखी जग्गाको खोजी भइरहेको प्रमुख डा. यादवले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट