News Category 2073/12/24

मोर्चाद्धारा शहिदको स्मारक शिलान्यास

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा सप्तरीको जमुनी मधेपुरा गाबिस ९ लक्ष्मीपुरमा शहीद नागेश्वर यादव तथा खु्शीलाल यादवको स्मारक बुधबार एक समारोहबिच शिलान्यास गरिएको छ । 
सो शिलान्यास कार्यक्रममा सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव ,राष्टिूय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल , सदभावना पार्टीका नेता सत्य नारायण यादव ,पार्टीका केन्द्रिय सदस्यद्धय दिनेश कुमार यादव ,भिमराज यादव ,जिल्ला अध्यक्ष सुनिल कुमार झा ,संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार प्रसाद यादव सहितकाहरुको उपस्थिति रहेको थियो । यस्तै सो समारोहमा नागेश्वरकी पत्नी तथा खुशिलालका छोरा सहितको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट